काठमाडौं : यातायात व्यवसायी तथा चालकहरुले सवारी साधनसहित प्रदर्शन गरेका छन्। बिहीबार काठमाडौँको सितापाइलामा भेला भएर उनीहरुले सवारीसाधनको प्रदर्शनसहित रिङरोड परिक्रमा गर्ने बताएका छन्। उनीहरुले सडकको एक लेन ढाकिने गरी प्रदर्शन गर्दा सवारी आवागमन प्रभावित भएको छ।
रातो नम्बर प्लेटका सवारीले यात्रु बोक्न प्रतिवन्ध गर्नुपर्ने, अनलाइन ट्याक्सी बुकिङ बन्द गर्नुपर्ने,लगायतका माग उनीहरुको छ। स्वदेशी पुँजी र लगानीलाई राज्यले संरक्षण गर्नुपर्छ, राज्यले आजसम्म सौतेनी व्यवहार गर्दै आएको छ त्यो व्यवहारलाई अन्त्य गर्दै यातायात क्षेत्रलाई व्यवस्थित गर्नु पर्ने उनीहरुको भनाइ छ।



