२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसद

images

  • २०८० असार १४, बिहीबार
  • 1.2K
    SHARES
  • रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसद

    काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ७७ वटै जिल्लाका लागि सम्पर्क सांसद तोकेको छ। नागरिकले आफ्ना समस्या तथा संसदमा उठाउनुपर्ने मुद्दाका विषयमा सम्बन्धित सांसदलाई सिधा सम्पर्क गर्न सक्नेछन् ।

    नीतिगत सुधार र जनसवालका विषयमा सांसदहरुसँग देशभरका सचेत नागरिकहरुले सिधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म पुर्याउन सम्पर्क सांसद तोकिएको छ। सांसदलाई नागरिकले सीधा सम्पर्क गर्नसक्ने गरि मोबाइल नम्बर समेत उपलब्ध गराइएको छ । 

    जिम्मेवारी दिने क्रममा सांसदको गृह जिल्लामा अन्य थपेर बाँडफाँट गरिएको छ । आम आवाजलाई नीतिमा समेट्न,अब्बल नीति बनाउन र त्यसको कार्यान्वयनमार्फत् मुलुकको अवस्था बदल्नका लागि सांसदहरुलाई विभिन्न जिल्लाको सम्पर्क सांसदको जिम्मेवारी तोकिएको हो । पार्टी सभापति रवि लामिछानेलाई भने कुनै पनि जिल्ला तोकिएको छैन् ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ