२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
वार्षिक साधारण सभा

गरिमा विकास बैङ्कद्वारा १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ५ अर्ब ६८ करोडमाथि

images

  • २०८० पुस २९, आइतबार
  • 771
    SHARES
  • गरिमा विकास बैङ्कद्वारा १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ५ अर्ब ६८ करोडमाथि

    काठमाडौँ : गरिमा विकास बैङ्क लिमिटेडको सत्रौं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गरेको छ। कास्कीको पोखरा महानगरपालिका स्थित होटेल पोखरा ग्राण्ड, पोखरामा पुस २९ गते आइतबार सम्पन्न भएको सभाले सेयरधनीहरुलाई ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश गरी जम्मा १०% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

    हाल ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैंया चुक्ता पुँजी रहेको विकास बैङ्कको साधारण सभाबाट पारित ९.५० प्रतिशत बोनस सेयर वितरणपश्चात् चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैयाँ पुगेको छ। साधारण सभाको लागि २०८० पौष १७ गतेदेखि सेयर धनी दर्ता पुस्तिका बन्द रहेकोमा २०८० पुस १६ गतेसम्म कायम विकास बैङ्कका सेयर धनीहरूले साधारण सभाबाट पारित बोनस सेयर प्राप्त गर्नेछन्।

    बैङ्कको सत्रौं वार्षिक साधारण सभाले विकास बैङ्कको अधिकृत पुँजी वृद्धि गरी ५ अर्ब ७० करोड बनाउने, आ.व. २०८०/८१ को लागि लेखा परीक्षक नियुक्ति गर्ने लगायतका प्रस्तावहरू पारित गरेको छ। बैङ्कका हाल देशभर १२३ शाखा कार्यालय र ५१ वटा एटिएम सञ्चालनमा रहेका छन्  साथै बैङ्कले हालसम्म करिब ८० अर्ब निक्षेप सङ्कलन गरी करिब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ