काठमाडौं : चिनियाँ अर्बपति ज्याक मा फर्किएका छन्। मंगलबार बंगलादेशबाट विमान चार्टर्ड गरेर काठमाडौं आएका उनी आज फर्किएका हुन्।नीजि विमानमा आएका ज्याक माका साथमा ५ जना चिनियाँ, १ जना अमेरिकी र १ जना डेनिस नागरिक थिए। उनीहरु नीजि विमानमार्फ पाकिस्तानको लाहोर प्रस्थान गरेका हुन् ।
विश्व विख्यात ‘अलिबाबा ग्रुप’का संस्थापकसमेत रहेका ज्याक मा दुई वर्षअघि गायब भएको चर्चा सञ्चारमाध्यममा छाएको थियो। दुई महिना बढी सार्वजनिकरूपमा देखा नपरेपछि उनी गायब भएको चर्चा संसारभरि छाएको थियो।



