२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
दुर्घटना

कपिलवस्तुमा नाइट बस दुर्घटना

images

  • २०८० असार १५, शुक्रबार
  • 1.2K
    SHARES
  • कपिलवस्तुमा नाइट बस  दुर्घटना

    काठमाडौं : बझाङबाट काठमाडौं आउँदै गरेको नाइट बस कपिलवस्तुमा दुर्घटना भएको छ। आज विहान ५ बजे कपिलवस्तुको शिवराज नगरपालिका ३ देउराली मोडमा ना ६ ख १३३९ नम्बरको नाइट बस दुर्घटना भएको हो।

    बसमा ४० जना यात्रु सवार थिए र दुर्घटनामा परी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएका छन्। घाइतेहरू मध्ये १ पुरूष र १ महिलाको अवस्था मध्यम र अन्य ४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएका छन्।

    प्रहरीका अनुसार घाइतेहरुलाई उद्वार गरी उपचारको लागि सन्जिबनी हस्पिटलमा लगिएको छ।तीव्र गति र मोड भएका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले बताएका थिए। दुर्घटना भएको सूचना प्राप्त भएको ५ मिनेटमै प्रहरी घटनास्थलमा पुगेर घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको थियो। 

    दुर्घटनापछि बसका चालक भने फरार रहेका छन्। प्रहरीले सहचालकसँग दुर्घटनाबारे सोधपुछ गरिरएको छ र फरार चालकको खोजीकार्य भइरहेको छ।

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ