काठमाडौं : नेकपा एमाले नेतृत्वमा रहेको एक मात्र प्रदेश सरकार पनि कोशीमा ढलेको छ।
विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको हो। ९३ सदस्यीय प्रदेश सभामा बहुमत सिद्द गर्न ४७ मत आवश्यक पर्छ। मत विभाजनको परिणाम घोषणा गर्दै सभामुख बाबुराम गौतमले विश्वासको मतको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको जानकारी सदनलाई गराएका थिए। एक मत नपुग्दा मुख्यमन्त्री कार्कीले गुमाए सत्ता पदमुक्त भएका हुन्।
नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीले विपक्षमा मतदान गरेका थिए। सरकारको नेतृत्व सम्हालेको १७४ दिनपछि कार्की नेतृत्वको सरकार ढलेको हो।
अब कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ।



