काठमाडौं : नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतले दोषी ठहर गरेको छ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा. खुसी प्रसाद थारुको इजलासले उनलाई दोषी ठहर गरेको हो। २३ पुस २०७८ मा खड्कामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाएको थियो।



