२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

images

  • २०८० असार १६, शनिबार
  • 1.5K
    SHARES
  • गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा  भारी वर्षाको सम्भावना

    काठमाडौं : हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। आज तीन वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना छ। भारी वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने महाशाखाका आकलन छ। मनसुनको समयमा बाढी, पहिरो,चट्याङ्ग, हावाहुरी, भूक्षयको सम्भावना हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

    गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी पर्ने तथा बाँकी कोशी, मधेश र बाग्मती प्रदेशका केही ठाउँमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ