२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
वार्षिक साधारण सभा

लक्ष्मी सनराइज बैङ्कद्वारा २३औँ साधारण सभा सम्पन्न, लाभांश पारित

images

  • २०८० पुस २९, आइतबार
  • 1.1K
    SHARES
  • लक्ष्मी सनराइज बैङ्कद्वारा २३औँ साधारण सभा सम्पन्न, लाभांश पारित

    काठमाडौँ : लक्ष्मी सनराइज बैङ्कद्वारा २३औँ वार्षिक साधारण सभा आज काठमाडौँमा सम्पन्न भएको छ।  आज सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित कुल ७.३७ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश छ।

    साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन तथा आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गरेको छ। साथै साधारण सभाले संस्थापक शेयर धनीको तर्फबाट रमण नेपाल र मनोज कुमार भट्टराई तथा सर्वसाधारण शेयर धनीको तर्फबाट स्वाती रुङ्गटा र दिनेश पौड्याललाई सञ्चालक समितिमा निर्वाचित गरेको छ। 

    नवनियुक्त सञ्चालक समितिको सोही दिन बसेको बैठकले रमण नेपाललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ