काठमाडौं : भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। नेपाल आयाल निगमका अनुसार जुलाई १ भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मुल्य सुची अनुसार भाउ घटेर आएको हो।
आइओसीले हरेक १५ दिनमा अन्तर्राष्ट्रिय बजारमा भएको घटबढ अनुसार औसत मूल्य पठाउने गर्दछ। जसअनुसार पेट्रोलमा प्रति लिटर १४ पैसा घटेको छ भने एलपीजी ग्याँस १ सय ६० रुपैयाँ घटेको छ। त्यस्तै, डिजेलमा प्रति लिटर २ रुपैयाँ १६ पैसा र हवाई इन्धनमा ५७ पैसा घटेको छ।
निगम अनुसार हरेक वर्ष यो महिनामा एलपीजी ग्याँसको मूल्य न्यून विन्दुमा रहने गर्दछ भने भदौ लागेपछि विस्तारै भारतीय बजार तथा युरोपेली बजारमा समेत माग बढ्दै जाने हुँदा मूल्य पनि घट्दै जाने गर्दछ।



