२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

देश दुर्घटनामा जाने सम्भावना देखेर म प्रधानमन्त्री भए : प्रधानमन्त्री प्रचण्ड

images

  • २०८० असार १८, सोमबार
  • 776
    SHARES
  • देश दुर्घटनामा जाने सम्भावना देखेर म प्रधानमन्त्री भए : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं :- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरुको एकताको कुराबाट नेपाली कांग्रेस तरंगित हुननपर्ने  बताउनु भएको छ।  गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दीको अवसरमा चाबहिलस्थित जीपी कोइराला मेमोरियल कलेजले आज आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै  उहाँले यस्तो बताउनु भएको हो।

    कम्युनिष्टहरुबीच एकता भए पनि कांग्रेससँगको सम्बन्ध नटुट्ने उहाँको दाबी छ। विगतका राजनीतिक आन्दोलन कांग्रेस र कम्युनिष्ट मिलेर लडेकाले हालसम्मको उपलब्धि हासिल भएको भन्दै उहाँले  कम्युनिष्ट एकताको कुराबाट कांग्रेस तरंगित हुन नपर्ने बताउनु भएको हो। कांग्रेससँग मिलेर गणतन्त्रको रक्षा, शान्तिप्रक्रियाको कार्यभार पूरा गर्दै देशलाई समृद्धिमा लैजानुपर्ने उहाँको भनाई छ। 

    यसपटक आफू प्रधानमन्त्री नबने देश दुर्घटनामा जाने सम्भावना देखेर कहिले एमालेसँग र कहिले कांग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री बनेको पनि उहाँले प्रष्ट पार्नु भयो। जनतामाथि र संघीय गणतन्त्रमाथि खतराको घण्टी बजेको देखेर आफूलाई प्रधानमन्त्री बन्न मन लागेको बताउनु भयो। 

    उहाँले भन्नु भयो  ‘म नभइ हुँदैन जस्तो लाग्यो यसपटक जसरी भए पनि प्रधानमन्त्री हुनुपर्यो भनेर म भएरै छाडेँ।’ ‘मेरो मनस्थिति के मात्र हो भने देशभित्रको विसंगतिविरुद्ध लड्नको लागि म चाहिन्छ भन्ने कुरामा दृढ थिएँ र छु।’ देशमा सुशासन, समृद्धि र न्यायको पक्षमा अर्को शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेको प्रधानमन्त्री प्रचण्डले बताउनु भयो। 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ