काठमाडौं : काठमाडौं महानगरपालिकाले काठमाडौँका बसन्तपुर क्षेत्रमा सवारी साधन निषेध गरेको छ। महानगर प्रमुख बालेन साहले मंगलबार बिहान सामाजिक सञ्जाल मार्फत बसन्तपुर हनुमानढोका क्षेत्रको मौलिकता र सौन्दर्य जोगाउन सवारी साधनको प्रवेश निषेध गरिएको जानकारी दिनुभएको हो।
काठमाडौं उपत्यका आफैंमा उत्कृष्ट कालीगढीको नमूना भएको र त्यसमाथि हनुमानढोका र वसन्तपुर क्षेत्र विशेष रहेको भन्दै मेयर साहले सो क्षेत्रको वातावरण शान्त र सुरम्य राख्नु सबैको दायित्व रहेको बताउनु भएको छ।
बसन्तपुर हनुमानढोका क्षेत्रमा दैनिक हजारौँ पर्यटकहरू आउने यो संख्या बढेर लाखौँ हुनसक्ने भन्दै उहाँले प्रमुख पर्यटकीय सम्पदा क्षेत्रको वातावरण संरक्षण गरी गौरवसाथ देखाउन सक्नुपर्ने उहाँको भनाई छ।



