काठमाडौं : ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)को हिरासतमा रहेका मिनबहादुर गुरुङ, सुधिरकुमार शाह लगायतको रिट निवेदनमा मंगलबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ।
उनीहरुले हदम्याद कटिसकेको मुद्दामा आफूहरुलाई पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिएका थिए।
उक्त रिट निवेदन मंगलबार न्यायाधीश डा.आनन्दमोहन भट्टराई र हरिप्रयाद फुयालको इजलासमा सुनुवाइ हुने भएको हो। यसअघि शुक्रबार सोही रिट निवेदनमाथि न्यायाधीश डा.कुमार चुडालको एकल इजलासमा सुनुवाइ हुँदा कारण देखाउ आदेश जारी भएको थियो।



