२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
सेयर बजार

अर्ध शतक बढीको वृद्धिपछि नेप्से २१७५ बिन्दुमा,८ अर्बमाथिको कारोबार?

images

  • २०८० माघ २, मंगलबार
  • 1.2K
    SHARES
  • अर्ध शतक बढीको वृद्धिपछि  नेप्से २१७५ बिन्दुमा,८ अर्बमाथिको कारोबार?

    करिब २ वर्ष यताकै उच्च कारोबार,

    काठमाडौँ : साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक साढे २ प्रतिशत बढेर बन्द भएको छ। नेप्से बढेसँगै आज कारोबार रकम पनि उच्च दरले बढेको छ। मङ्गलवार नेप्से परिसूचक ५४.५४ अङ्क बढेर २१७५.१७ विन्दुमा पुगेको छ। त्यसै गरी, आज सेन्सेटिभ इन्डेक्स ९.२६ अङ्क बढेको छ भने फ्लोट इन्डेक्स ३.९७ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.३३ अङ्क बढेको छ।

    आज एक दर्जन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमध्ये ८ जलविद्युत कम्पनी रहेका छन् भने अन्य ८ स्टकको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। आज ६३ स्टकको मूल्य घटेको छ। जसमध्ये ज्योति विकास बैङ्कको ऋणपत्रको मूल्य सर्वाधिक ९.९९ प्रतिशत तथा हिमालयन ८०–२० को इकाई मूल्य ९.७० प्रतिशत घटेको छ।

    आज ३०४ स्टकको १ लाख ३३ हजार पटकको कारोबारमा ८ अर्ब २ करोड ३८ लाख रुपैयाँ बराबरको २ करोड ३३ लाख ७० हजार कित्ता शेयर कारोबार भएको छ। आज करिब २ वर्षपछि नेप्सेको कारोबार रकम ८ अर्ब नाघेको हो। यस अघि २०७८ माघ २० गते साढे ८ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो। सोपश्चात आज नै ८ अर्बभन्दा बढीको शेयर कारोबार भएको हो।

    आज १३ वटै उपसमूहको परिसूचक बढेको छ जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.७५ प्रतिशत बढेको छ। त्यसै गरी, आज जलविद्युत, लगानी र लघुवित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैङ्क, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

    कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड शीर्ष स्थानमा २८ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ तथा निफ्राको २३ करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चरको कारोबार रकम २१ करोड कारोबार भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ