काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) का सभापति रवि लामिछानेले सत्ता फेरबदलको चर्चा चलेपनि आफ्नो पार्टी त्यस दौडमा नरहेको बताउनुभएको छ ।
धनगढी विमानस्थलमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै सभापति लामिछानेले सत्ता परिवर्तनको चर्चा रहेपनि रास्वपा त्यसको पक्षमा नरहेको बताउनुभयो ।
पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेले अहिले रास्वपा वडा स्तरसम्म संगठन विस्तारमा जुटेकाले सत्ता फेरबदलका लागि हुने कुनै पनि बैठकमा सहभागी नभएको बताउनु भएको छ ।
सरकारले जनपक्षीय काम गर्न नसकेको र सत्ता जोगाउने खेलमा मात्र सीमित रहेको लामिछानेले आरोप लगाउदै अहिलेको आर्थिक संकटको समाधान गर्ने गरी बजेट ल्याउनुपर्नेमा सरकारले नियमित जस्तै बजेट ल्याएको टिप्पणी गर्नु भएको छ ।



