२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
बैङ्किङ

ग्लोबल आइएमई बैङ्कका ग्राहकलाई बिगमार्टमा १०% छुट

images

  • २०८० माघ २, मंगलबार
  • 786
    SHARES
  • ग्लोबल आइएमई बैङ्कका ग्राहकलाई बिगमार्टमा १०% छुट

    काठमाडौँ :  ग्लोबल आइएमई बैङ्क लिमिटेडका क्रेडिट कार्ड बाहकहरूले बिगमार्टमा खरिद गरी बैङ्कको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा खरिद मूल्यमा १०% छुट पाउनेछन्।

     बैङ्कको क्रेडिट कार्ड बाहकहरूलाई लाभान्वित गर्ने गरी बैङ्कले बिगमार्टसँगको सहकार्यमा ल्याएको यस योजनामा ग्राहकहरूले बिगमार्ट स्टोरमा ग्लोबल आइएमई बैङ्कको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम ३०० सम्म छुट पाउनेछन्। उक्त छुट योजना यही माघ महिना भरी मात्र लागू हुनेछ।   

    जाडो मौसमलाई लक्षित गरी ल्याइएको यस बिगमार्ट विन्टर अफरमा ग्लोबल आइएमई बैङ्कको क्रेडिट कार्डबाट भुक्तानी गर्दा छुटसँगै बिगमार्टद्वारा घोषणा गरिएका आकर्षक पुरस्कारहरू प्रदान गरिनेछ। यो अफर हाल बिगमार्टको ८१ वटा भन्दा बढी स्टोरहरूमा उपलब्ध रहेको छ।    ग्लोबल आइएमई बैङ्क मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठुलो वाणिज्य बैङ्क हो। बैङ्कले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।   

    ग्लोबल आइएमई बैङ्कलाई सबैका लागि बैङ्क बनाउँदै बैङ्कले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ।   

    त्यसै गरी बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिटेन्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ