२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
जल तथा मौसम

आजको मौसम : चार प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्स र कुहिरो

images

  • २०८० माघ ४, बिहीबार
  • 1.1K
    SHARES
  • आजको मौसम : चार प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्स र कुहिरो

    काठमाडौँ : हाल नेपालमा पश्चिमी बायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभए पनि दिउँसो देखि पश्चिमी बायुको आंशिक प्रभाव पर्ने सम्भावना रहेको छ। महाशाखाले दैनिक मौसम बुलेटिनमार्फत आज दिउँसो र राति कोसी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा आज हल्का वर्षा हुने पूर्वानुमान गरेको हो।

    पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपालमा बङ्गलादेशको दक्षिण भू-भाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभावले अहिले देशको पहाडी भू-भागमा आंशिक बदली र तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ। अहिले बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईमा हुस्स र कुहिरो लागेको छ।

    यस्तै, आज दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ। राति कोसी, बागमती ,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहने छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ। कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।

    महाशाखाले देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ। तराईका केही स्थानमा बिहानीपख लाग्ने हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा सामान्य असर पर्न सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ