२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आईसीसी विश्वकप छनोट:प्लेअफमा आज यूएई र अमेरिका खेल्दै

images

  • २०८० असार २१, बिहीबार
  • 1.6K
    SHARES
  • आईसीसी विश्वकप छनोट:प्लेअफमा आज यूएई र अमेरिका खेल्दै

    काठमाडौं :आईसीसी विश्वकप छनोटको प्लेअफमा बिहीबार नवौँ स्थानका लागि युएई र अमेरिका खेल्ने भएको छ। विश्वकप छनोटअन्तर्गत जारी प्रतियोगितामा जितविहीन रहेका दुवै टोलीलाई आज हारको शिलशिला तोड्ने अवसर छ।

    हरारेमा दिउँसो पौने १ बजे हुने खेलमा आज जित निकाल्ने टोलीले नवौँ स्थान हासिल गर्दै प्रतियोगिताको सुखद विदाइ गर्नेछ। पराजित टोली भने जितविहीन रहँदै दशौँ स्थानमा पुग्नेछ। यी दुई टोलीबीच भएका पछिल्ला पाँच भेटमा ३ खेल अमेरिकाले जितेको छ भने एक खेल युएईले जितेको छ। एक खेल रद्द भएको छ। 

    यस्तै, बिहीबार नै सुपर सिक्स अन्तर्गत नेदरल्याण्ड्स र स्कटल्याण्ड भिड्दैछन्। यी दुई टोलीबीचको खेल बुलावायो क्रिकेट मैदानमा दिउँसो पौने १ बजे सुरु हुनेछ। यसअघि बुधबार भएको खेलमा वेस्ट इन्डिजले ओमानलाई सात विकेटले पराजित गरेको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ