२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सत्ता पक्षको चुनौती स्वीकार छ :अध्यक्ष ओली

images

  • २०८० असार २२, शुक्रबार
  • 1.8K
    SHARES
  • सत्ता पक्षको चुनौती स्वीकार छ :अध्यक्ष  ओली

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षको चुनौती स्वीकार गर्ने  बताउनु भएको छ। गत सोमबार एक पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएको छ।

    सत्ता गठबन्धनले भने राजीनामा माग्ने एमालेको कदम नै असंवैधानिक भएको ठहर गरेको छ र, संसद फेस गर्ने निर्णय गरेको छ। शुक्रबार स्ववियू काउन्सिलको बैठकमा एमाले अध्यक्ष ओलीले सत्ता पक्षले वार्ता सम्वाद गर्नुको साटो संसदमा सामना गर्छौं भनेको बताउनु भयो।

    ‘हिजो बिहान गठबन्धनको बैठक बस्यो र उनीहरूले मसल देखाएर आह्वान गरे पार्लियामेन्टमै भेटौंला आऊ’ उहाँले भन्नु भयो,, ‘अब प्रतिपक्षले त के गर्ने? भेटौंला भनेपछि ठीक छ।’

    उहाँले भन्नु भयो प्रतिपक्षको तर्फबाट म मसिनो स्वरमा नम्रताका साथ भन्न चाहन्छु, पार्लियामेन्टमा मात्र होइन, जहाँ भन्छ त्यहाँ हामी तयार छौं। स्पट तोकेर बोलाए हुन्छ ।’ सरकारले उन्मादको भाषा बोलेको र अहंकारी व्यवहार देखाएको उहाँको  आरोप छ। 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ