काठमाडौँ : सांग्रिला डेभलपमेन्ट बैङ्कले यस आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैङ्कले यस आर्थिक वर्षको पहिलो ६ महिनामा १० करोड २ लाख खुद नाफा आर्जन गरेको छ। गत वर्ष यसै अवधिसम्म बैंकले १६ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। जुन ३९.८२ प्रतिशतले कम हो।
बैङ्कको यस अवधिमा खुद ब्याज आम्दानी ३.५९ प्रतिशत बढेको छ। यस वर्षको सोही अवधिमा बैङ्कको खुद ब्याज आम्दानी ९४ करोड ६३ लाख रुपैयाँ गरेको छ भने गत वर्षको सोही अवधिमा बैङ्कले ९१ करोड ३५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यस अवधिमा बैङ्कको खराब कर्जा (एनपीएल) १.५३ प्रतिशत बढेर ४.८९ प्रतिशत पुगेको छ।
६ महिनाको अवधिमा बैङ्कको नेट फि तथा कमिसन आम्दानी ४१.४० प्रतिशत बढेर १० करोड ५१ लख रुपैयाँ, कुल सञ्चालन आम्दानी ६.८३ प्रतिशत बढेर १ अर्ब ५ करोड रुपैयाँ, सञ्चालन नाफा ३९.२१ प्रतिशत घटेर १४ करोड ५२ लाख रुपैयाँ र वितरणयोग्य नाफा २१ करोड ३६ लाख रुपैयाँ ऋणात्मक रहको छ।
समीक्षा अवधिमा बैङ्कको चुक्ता पुँजी ५ प्रतिशत बढेर ३ अर्ब ४३ करोड ९ लाख रुपैयाँ, जगेडा कोष ८.६४ प्रतिशत घटेर १ अर्ब ११ करोड १२ लाख रुपैयाँ, निक्षेप सङ्कलन २.५५ प्रतिशत बढेर ५१ अर्ब ८५ करोड रुपैयाँ र कर्जा प्रवाह ४.४५ प्रतिशत बढेर ४१ अर्ब ६३ करोड ४४ हजार रुपैयाँ रहेको छ।
बैङ्कको नाफा घटेसँगै प्रतिसेयर आम्दानी ५.२२ रुपैयाँ घटेर ५.८४ रुपैयाँमा झरेको छ। बैङ्कको मूल्य आम्दानी अनुपात ५४.७७ गुणा छ भने प्रतिसेयर नेटवर्थ १३२.३९ रुपैयाँ रहेको छ। बैङ्कको आधार दर १०.८१ प्रतिशत, कर्जा निक्षेप अनुपात ८३.४१ प्रतिशत, कस्ट अफ फन्ड ८.६१ प्रतिशत र इन्ट्रेस्ट रेट स्प्रेड ४.५८ प्रतिशत छ।



