२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

ग्लोबल आइएमई बैङ्कको नाफा घट्यो, वितरणयोग्य मुनाफा ऋणात्मक

images

  • २०८० माघ ७, आइतबार
  • 866
    SHARES
  • ग्लोबल आइएमई बैङ्कको नाफा घट्यो, वितरणयोग्य मुनाफा ऋणात्मक

    काठमाडौँ : ग्लोबल आइएमई बैङ्कको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा २६.५९ प्रतिशत घटेर २ अर्ब ४ करोड २३ लाख रुपैयाँ आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैङ्कले २ अर्ब ७८ करोड २३ लाख रुपैयाँ खुद नाफा गरेको थियो। यस अवधिमा बैङ्कको खराब कर्जा (एनपीएल) १.७८ प्रतिशत बढेर ४.६८ प्रतिशत पुगेको छ। गत वर्षको सोही अवधिमा २.९२ प्रतिशत थियो।   

    पुस मसान्तसम्म बैङ्कको खुद ब्याज आम्दानी ३८ प्रतिशत बढेर ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ गरेको छ। गत वर्षको सोही अवधिमा बैङ्कले ६ अर्ब ५४ करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। ६ महिनाको अवधिमा बैङ्कको नेट फि तथा कमिसन आम्दानी ४४.५४ प्रतिशत बढेर १ अर्ब ३६ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी ३९ प्रतिशत बढेर १० अर्ब ८६ करोड रुपैयाँ, सञ्चालन नाफा २५ प्रतिशत घटेर २ अर्ब ८४ करोड रुपैयाँ रहको छ।  

    समीक्षा अवधिसम्म वितरणयोग्य मुनाफा १ अर्ब ३७ करोड रुपैयाँले ऋणात्मक रहेको बैंकको वार्षिकीकरण प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ११.३१ रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष ईपीएस १८.०७ रुपैयाँ थियो। पीई रेसियो १८.१३ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५७.४० रुपैयाँ रहेको छ।  

    समीक्षा अवधिमा बैङ्कको चुक्ता पुँजी १ प्रतिशत बढेर ३६ अर्ब १२ करोड रुपैयाँ, जगेडा कोष १०.२९ प्रतिशत घटेर २० अर्ब ७३ करोड रुपैयाँ, निक्षेप सङ्कलन ६.५५ प्रतिशत बढेर ४ खर्ब ५४ अर्ब २४ करोड रुपैयाँ र कर्जा प्रवाह ३ प्रतिशत बढेर ३ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँ रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ