काठमाडौँ : साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से परिसूचक दोहोरो अङ्क घटेर बन्द भएको छ। नेप्से घटेसँगै आज कारोबार रकम पनि घटेको छ। आज नेप्से परिसूचक २५.६३ अङ्क घटेर २१३०.१८ विन्दुमा पुगेको छ। त्यसै गरी, आज सेन्सेटिभ इन्डेक्स ७..४१ अङ्क घटेको छ भने फ्लोट इन्डेक्स २.०४ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स २.७५ अङ्क घटेको छ।
आज हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै ५६ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने हिमाल दोलखाको २२ करोड ९१ लाख र अपि पावरको २० करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। आइतबार समाज लघुवित्त र आँखुखोला हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले बढेको छ भने हिमालयन लघुवित्तको ९.९४ प्रतिशतले बढेको छ। यता सिइडिबि हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ८.२७ प्रतिशतले घटेको छ भने मोलुङ हाइड्रोपावरको शेयर मूल्य ७.२६ प्रतिशतले घटेको छ।
कारोबारमा आएका १३ उपसमूहमा हाइड्रोपावर र अन्य उपसमूह बाहेक अन्य सबै उपसमूहको सूचक घटेको छ। आज विकास बैङ्क र फाइनान्स उपसमूहको सूचक पनि २ प्रतिशतभन्दा धरैले नकारात्मक देखिएको छ भने जसमध्ये बैंकिङ्ग उपसमूह नै २.४२ प्रतिशतले घटेको छ।
गत हप्ता बिहीबार ८ अर्ब बढीको शेयर कारोबार भएको बजारमा आज ३०८ कम्पनीको १ लाख ६६ हजार ९८३ पटकको कारोबारमा ७ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ बराबरको २ करोड २८ लाख २० हजार कित्ता शेयर कारोबार भएको छ। आज ६४ कम्पनीको मूल्य बढेको छ भने १७७कम्पनीको मूल्य घटेको छ तथा बाँकी ६ कम्पनीको मूल्य स्थिर रहेको छ।



