२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आजदेखि न्युरोड क्षेत्रमा सवारी पार्किङ गर्न महानगरले नदिने

images

  • २०८० माघ ९, मंगलबार
  • 1.6K
    SHARES
  • आजदेखि न्युरोड क्षेत्रमा सवारी पार्किङ गर्न महानगरले नदिने

    काठमाडौँ : काठमाडौँ महानगरपालिकाले आज मङ्गलवार देखी न्युरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ। महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो।
     
    महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजु नाथ पाण्डेले विकल्पमा काठमाडौँ टावरमा तीन सय वटा चार पाङ्ग्रे र सात सय वटा दुई पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने जानकारी दिनुभयो।
     
    महानगर प्रहरी प्रमुख पाण्डेले भोलिदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “आजदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएका छौँ। यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेका छौँ।”
     
    उहाँले धर्म पथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्रे सडकमा पार्किङ निषेध गरिने बताउनुभयो। यसअघि झोँके क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरि सकिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ