२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
सुनचाँदी

आज सुनको मूल्य स्थिर,कतिमा हुँदैछ कारोबार?

images

  • २०८० माघ ९, मंगलबार
  • 786
    SHARES
  • आज सुनको  मूल्य स्थिर,कतिमा हुँदैछ कारोबार?

    नेपाली बजारमा सुनको मूल्य दुई दिनदेखि स्थिर रहेको छ।

    काठमाडौँ : आज मङ्गलवार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ। आज मङ्गलवार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मङ्गलवार पनि सोही मूल्यमा कारोबार भइरहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

    यस्तै, मङ्गलवार चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेको छ। आज  मङ्गलवार प्रतितोला चाँदी १ हजार ३ सय ७० रुपैयाँ कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँ कारोबार भएको थियो ।  

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १ हजार ५१० रुपैयाँ,  प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १ हजार ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ७४.५० रुपैयाँ तोकेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ