२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
मूल्य : प्रतिकित्ता ६०८ देखि ९१२ रुपैयाँ

आजदेखि रिलायन्स स्पिनिङ बुक बिल्डिङमार्फत पहिलो चरणको आइपीओ खुल्यो

images

  • २०८० माघ १०, बुधबार
  • 676
    SHARES
  • आजदेखि  रिलायन्स स्पिनिङ बुक बिल्डिङमार्फत पहिलो चरणको आइपीओ खुल्यो

    काठमाडौँ : बुक बिल्डिङ विधिबाट संस्थागत लगानीकर्ताहरुलाई बुधबारदेखि रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सेयर (आईपीओ) खुलेको छ। बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले सार्वजनिक सूचना जारी गर्दै पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बुधबारदेखि आईपीओ जारी गर्न लागिएको जनाएको छ।

    नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ प्रक्रिया मार्फत अर्को कम्पनीलाई निष्कासन अनुमति दिएको छ। बोर्डले पुस १९ गते कम्पनीलाई अनुमति प्रदान गरेको हो। कम्पनीले सुरुमा योग्य संस्थागत लगानीकर्तालाई आइपिओ निष्कासन गर्नको लागि अनुमति पाएको हो। सर्वसाधारणमा निष्कासन गरिने शेयरको ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई छुटाउनु पर्ने प्रावधान छ। रिलायन्स स्पिनिंग मिल्सले योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६ सय ४० कित्ता शेयर निष्कासन गर्ने छ। 

    कम्पनीको शेयरको आशय मूल्य प्रति कित्ता ६०८ रुपैयाँ देखि ९१२ रुपैयाँसम्म रहेको छ। यस रेन्जमा रहेर योग्य संस्थागत लगानीकर्ताले कम्पनीको आईपीओमा आवेदन दिनु पर्ने छ। धितोपत्र पूर्ण रूपमा बिक्री हुँदा कायम हुने मूल्य (कट अफ मूल्य) निर्धारण गर्नु पर्छ। सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितो पत्र निष्कासन गर्नुपर्ने छ। 

    सर्वसाधारणले पाउने शेयरबाटै उद्योग प्रभावित क्षेत्र,कम्पनीका कर्मचारी,वैदेशिक श्रमिक,म्युचुअल फण्डलाई वितरण गरिने छ। योग्य संस्थागत लगानीकर्तालाई निष्कासन गरिएको शेयर बाँडफाँड भए पछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्कासन गर्ने छ। शेयर निष्कासनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ। 

    कम्पनीको औद्योगिक कारखाना सुनसरीको दुहबी र खनारमा रहेको छ। कम्पनीले अन्तर्राष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलिक लगायत सिउने धागोहरू विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ। कम्पनीले आफ्ना उत्पादन टर्की र भारतमा निर्यात गर्दै आएको छ। २०५१ सालदेखि सञ्चालनमा रहेको यस कम्पनीले हाल ४३ सय बढीलाई रोजगारी दिएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ