२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
सेयर बजार

दोहोरो अङ्कले घट्यो नेप्से, ३ अर्ब ८९ करोडको कारोबार?

images

  • २०८० माघ १०, बुधबार
  • 721
    SHARES
  • दोहोरो अङ्कले घट्यो नेप्से, ३ अर्ब ८९ करोडको कारोबार?

     नेप्से परिसूचक पछिल्लो ५ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको छ। 

    काठमाडौँ : साताको चौथो कारोबार दिन आज बुधवार नेप्से परिसूचक दोहोरो अङ्क  घटेर बन्द भएको छ। नेप्से घटेसँगै आज कारोबार रकम पनि घटेको छ। आज नेप्से परिसूचक १०.२५ अङ्क घटेर २०८८.०४ विन्दुमा पुगेको छ।  त्यसै गरी, आज सेन्सेटिभ इण्डेक्स ०.७३ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.७० अङ्क तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२२ अङ्क घटेको छ।

    आज ८० कम्पनीको मूल्य बढेको छ भने १५३ कम्पनीको मूल्य घटेको छ तथा बाँकी १४ कम्पनीको मूल्य स्थिर रहेको छ। हिजो ४ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा आज ३११ स्टकको ९० हजार २१० पटकको कारोबारमा ३ अर्ब ८९ करोड ७० लाख रुपैयाँ बराबरको १ करोड १० लाख ४९ हजार कित्ता शेयर कारोबार भएको छ।

    कारोबार रकमका आधारमा आज पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थान २५ करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको १३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ तथा अरुण काबेलीको १२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

    नेप्से घटे पनि आज दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ जसमा चन्द्रागिरि हिल्स र मीड सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो भने  गुराँस लघुवित्त र समाज लघुवित्तको शेयर मूल्य ६.०८ प्रतिशत बढेको छ। त्यस्तै, तेह्रथुम पावर कम्पनीको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने एनएमबि माइक्रोफाइनान्सको शेयर मूल्य ६.२० प्रतिशत घटेको छ।

    १३ उपसमूहमध्ये आज दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। आज बैंकिङ्ग उपसमूहको परिसूचक ०.०९ प्रतिशत र म्युचुअल फन्ड उपसमूहको परिसूचक ०.१४ प्रतिशत बढेको हो। कारोबारमा आएको जलविद्युत, लगानी र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ