२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सीताले मृत्यु पनि निकै शान्त रोजिन् : प्रधानमन्त्री प्रचण्ड

images

  • २०८० साउन २, मंगलबार
  • 881
    SHARES
  • सीताले मृत्यु पनि निकै शान्त रोजिन् : प्रधानमन्त्री प्रचण्ड

    साउन २,काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नी पत्नी सीता दाहालले अरूलाई पीडा नदिई मृत्युवरण गरेको बताउनु भएको छ।मंगलबार बालुवाटारमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले पत्नी सीताले मृत्यु पनि शान्त रोजेको  बताउनु भएको हो।

    उहाँले भन्नु भयो , ‘सीताले मृत्यु पनि निकै शान्त रोजिन्। साढे ७ बजे अस्पताल लगेकोमा लगभग ८: ३० मा उनी बिदा भइन्।’ सीता दाहालको उपचारका क्रममा गत असार २७ गते नर्भिक अस्पतालमा ६९ वर्षको उमेरमा निधन भएको थियो।

    प्रधानमन्त्रीको निवास (बालुवाटार)मा आयोजित सीता दाहालको श्रद्धाञ्जली सभामा उपराष्ट्रपति, पूर्वउपराष्ट्रपति, सभामुख, राष्ट्रियसभा अध्यक्ष, पूर्वप्रधानमन्त्री, मन्त्री, कूटनीतिज्ञका साथै समाजका विभिन्न क्षेत्रका व्यक्ति सहभागी भएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ