२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
बैङ्किङ

नेपाली डिजिटल बैङ्किङको रूपान्तरण गर्दै लक्ष्मी सनराइज बैङ्क

images

  • २०८० माघ ११, बिहीबार
  • 1.1K
    SHARES
  • नेपाली डिजिटल बैङ्किङको रूपान्तरण गर्दै लक्ष्मी सनराइज बैङ्क

    काठमाडौँ : लक्ष्मी सनराइज बैङ्कले आधुनिक बैङ्किङ आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैङ्किङ सेवा ओ रेन्ज एनएक्सटीको थालनी गरेको छ। एफवानसफ्ट अन्तर्गतको फोन एनएक्सटीसँगको सहकार्यमा सुरु गरिएको यो सेवा नेपाली डिजिटल बैङ्किङको रूपान्तरणमा एक महत्त्वपूर्ण कदम हुने बैङ्कले जनाएको छ।

    ओ रेन्ज एनएक्सटीले मोबाइल बैङ्किङ एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्नेदेखि लिएर मुद्दती खाता, गोल बेस डिपोजिट जस्ता वित्तीय व्यवस्थापनका उन्नत सुविधाहरू प्रदान गर्ने बताइएको छ। ग्राहकहरूको बदलिँदो आवश्यकता अनुकूल बैङ्किङ सेवा दिने लक्ष्मी सनराइज बैङ्कको प्रतिबद्धतालाई यो पहलले टेवा पुर्‍याउने बताइएको छ।

    परम्परागत मोबाइल बैङ्किङ सेवालाई समेत समानान्तर रूपमा विकास गर्दै, ओ रेन्ज एनएक्सटीमार्फत बैङ्किङ सेवा नपुगेका र विशेष गरी डिजिटल प्रविधिमैत्री युवा तथा विदेशमा रहेका ग्राहकहरूलाई प्रभावकारी बैङ्किङ सेवा प्रदान गरिनेछ। ओ रेन्ज एनएक्सटीका प्रमुख कार्यकारी अधिकृत सन्तकुमार पौडेलका अनुसार छिटो र प्रभावकारी बैङ्किङ प्रदान गर्ने मूलभूत उद्देश्यले ओरेन्स एनएक्सटीको विकास गरिएको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ