२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मिष्टर नेपाल उपाधि आफैले जित्ने राजीव तिवारीको दाबी

images

  • २०८० साउन ५, शुक्रबार
  • 1.4K
    SHARES
  • मिष्टर नेपाल उपाधि आफैले जित्ने राजीव तिवारीको   दाबी

    साउन ५,काठमाडौं : सौन्दर्य प्रतियोगीता ‘मिष्टर नेपाल २०२३’मा होमिएका गोर्खाका २५ वर्षीय राजीव तिवारी अन्तराष्ट्रिय क्षेत्रमा नेपालको प्रतिनिधित्व गर्दै देशलाई चिनाउने सोच रहेको बताउनु भएको छ।

    बोडिङ स्कुलमा शिक्षकको रुपमा समेत कार्यरत तिवारी सफ्टवेर इन्जिनियरिङका बिद्यार्थी हो।  मिष्टर नेपाल जितेर राष्ट्रिय चर्चासँगै आफूलाई मिष्टर नेपाल उपाधिका दावेदार मान्ने उहाँ उपाधिका लागि अहिले दिनरात मिहिनेत गरिरहनु भएको छ।

    युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले बिगतदेखिनै नियमित आयोजना हुँदै आएको प्रतियोगीतामा नियमित प्रशिक्षणमा आफुलाई सहभागी गराउदै आएकोले पनि मिष्टर नेपाल उपाधि आफैले जित्ने दाबी तिवारीले गर्नु  भएको छ। 

    ‘मिष्टर नेपाल’ जितेर ‘मिष्टर वल्र्ड’मा पुगे भने नेपालको बातावरण र हाइड्रोपावरमा रहेको क्षमताको प्रचार गर्छु’, उहाँले भन्नु भयो ,‘कल्चर र हेरिटेजका कुरा त छदैछ।’‘प्रतियोगीतामा एक से एक प्रतियोगी त छन्। प्रतिप्रर्धा कठिन त छ। तर, आफ्नो मिहिनेत र विश्वास प्रति मलाई भरोसा छ। म नै जित्छु,’उहाँले थप्नु भयो।

    'मिष्टर नेपाल २०२३’ को ग्रान्ड फिनाले आगामी शनिबार  होटल याक एण्ड यतिमा आयोजना हुँदैछ। जसमा तिवारी सहित २० युवा शिर्ष उपाधिका लागि भिड्दै छन्। यो प्रतिस्पर्धाका शिर्ष विजेताले नगद ५ लाख बराबराको उपाहार र ‘मिष्टर वल्र्ड २०२३’ वा ‘मिष्टर ग्लोवल २०२३’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ