२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुन तस्करी प्रकरणमा : अहिलेसम्म १६ जना पक्राउ

images

  • २०८० साउन ८, सोमबार
  • 1.5K
    SHARES
  • सुन तस्करी प्रकरणमा : अहिलेसम्म १६ जना पक्राउ

    साउन ८, काठमाडौं : साउन ३ गते बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएका बेला राजश्व अनुसन्धान विभागले भन्सार कार्यालय अगाडिबाट झन्डै एक सय किलो सुन बरामद गरेको थियो। करिब सय किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन्।

    हिजो मात्र थप ६ जना पक्राउ परेका हुन् जसमा ३/३ जना भन्सार कर्मचारी र भन्सार एजेन्ट रहेका छन्। कर्मचारीहरुमा सन्तोष चन्द, कुमार ढकाल र सरोज श्रेष्ठ पक्राउ परेका छन् भने, एजेन्टहरुमा सुदर्शन गौतम, रुकमेणा सुब्बा र यादव पराजुली पक्राउ परेका छन्।

    यस्तै, थप अनुसन्धान गर्न आइतवार उच्च अदालत पाटनले उनीहरुलाई ६ दिनको म्याद दिएको छ। यसअघि, सुन प्रकरण भएकै दिन बुधवार पक्राउ परेका ६ जनामाथि १० दिन र बिहीवार पक्राउ परेका ४ जनामाथि ९ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

    यस्तै, ९ दिन म्याद थप भएकाहरूमा चिनियाँ नागरिक जेयुङ लिनसहित कार्गो कम्पनीका सञ्चालकहरू राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट रहेका छन्। १० दिन म्याद लिएर अनुसन्धान भैरहेकाहरुमा सुन बरामद भएको ट्याक्सी चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्र कुमार राई, सुन ल्याउने कम्पनी रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ