२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
इन्स्योरेन्स

रिलायबल नेपाल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images

  • २०८० माघ १४, आइतबार
  • 736
    SHARES
  • रिलायबल नेपाल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौँ : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले माघ १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार माघ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयर धनीहरूले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

    कम्पनीको सातौँ वार्षिक साधारण सभा माघ २९ गते काठमाडौँको नक्साल ज्ञानेश्वरस्थित लिसरा ब्यांक्वेट ब्यांक्वेटमा बिहान ११ बजे बोलाइएको छ। कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो।

    कम्पनीले हाल कायम चुक्ता पुँजी ४ अर्ब रुपैयाँको कुल १६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जस अनुसार १६ प्रतिशतले हुन आउने ६४ करोड रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.८४ प्रतिशतले आउने ३ करोड ३६ लाख ८४ हजार २११ रुपैयाँ नगद लाभांश रहेको छ। 

    त्यसै गरी, सभाले प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण सेयर धनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखा परीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ। संशोधित प्रबन्ध पत्र अभिलेख गर्ने क्रममा: नियमनकारी निकायहरूबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सो अनुसार गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ