२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

तुलसीपुर उपमहानगरपालिद्वारा वडा कार्यालयमा स्तनपानकक्ष स्थापना

images

  • २०८० माघ १४, आइतबार
  • 591
    SHARES
  • तुलसीपुर उपमहानगरपालिद्वारा वडा कार्यालयमा स्तनपानकक्ष स्थापना

    तुलसीपुर : कर्मचारी तथा सेवाग्राही आमालाई स्तनपान गराउन सहज होस् भन्ने उद्देश्यले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १३ को कार्यालयमा स्तनपानकक्ष Cगरिएको छ । वडाले निर्माण गरेको नयाँ भवनमा स्तनपान कक्ष स्थापना गरिएको वडाध्यक्ष मोहन पौडेलले बताउनुभयो। जिल्लाका एक सय वडामध्ये तुलसीपुर–१३ ले पहिलो पटक उक्त स्तनपानकक्ष स्थापना गरेको अध्यक्ष पौडेल बताउनुहुन्छ।

    “कर्मचारी र सेवाग्राहीका बच्चा बच्चीलाई स्तनपान गराउन निकै समस्या हुने गरेको छ, त्यसैले सेवाग्राहीमैत्री कार्यालयले यसरी स्तनपान कक्ष स्थापना गर्नुपर्छ”, उहाँले भन्नुभयो, “त्यसैले हामीले वडामा पनि यो कक्ष स्थापना गरेका हौँ।”

    सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार सरकारी, गैरसरकारी, वा निजी सङ्घसंस्थाले कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउनका लागि पनि स्तनपानकक्षको व्यवस्था गर्नुपर्ने व्यवस्था गरेको छ।  

    रु ४३ लाखको लागतमा उक्त भवन निर्माण भएको हो। नयाँ वडाको चार कोठे भवन निर्माण भएको हो। सोही वडामा ६ हजार जनसङ्ख्या रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ