२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पुरस्कार दिने व्यवस्थाले सुन समातियो : अर्थमन्त्री महत

images

  • २०८० साउन ८, सोमबार
  • 1.3K
    SHARES
  • पुरस्कार दिने व्यवस्थाले  सुन समातियो : अर्थमन्त्री महत

    साउन ८,काठमाडौं : अर्थमन्त्री डा.प्रकाशशरण महतले आफूले पुरस्कारको व्यवस्था गरेका कारण १०० किलो सुन समातिएको बताउनु भएको छ। सोमबार प्रेस युनियन रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। 

    भन्सारमा हुने अनियमितता कम गर्न यसअघि हटाइएको सुराकी पुरस्कार आफूले बजेट मार्फत पुनः निरन्तरता दिंदा सुन समातिएको उहाँको दाबी छ। 

    जुन सुन समातियो त्यसको मुख्य कारण सुराकीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेका कारणले भएको हो। सूचना दिनेलाई पुस्कार दिने व्यवस्था गर्न मैले बजेटमा व्यवस्था गरेको थिएँ, अर्थमन्त्री महतले थप्नु भयो, सूचना हुनेलाई पुरस्कारका कारण प्रोत्साहन मिलेको हुनुपर्छ।’

    राजस्वको अनुसन्धानलाई सघाउन संलग्न कर्मचारीलाई निलम्बन गरिएको र भन्सार विभागले पनि छानबिन गरिरहेको अर्थमन्त्री महतको भनाइ छ। उहाँले सुन तस्करी प्रकरणमा भइरहेको अनुसन्धानलाई सघाउने पनि बताउदै सुन प्रकरणको जरैसम्म पुगेर अनुसन्धान गरिने उहाँले दाबी गर्नु भएको छ। 

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ