२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सोलुखुम्बु जिल्ला अदालतले गर्‍यो एक वर्षमा २ सय मुद्धाको फैसला

images

  • २०८० साउन १०, बुधबार
  • 1.3K
    SHARES
  • सोलुखुम्बु जिल्ला अदालतले  गर्‍यो एक वर्षमा  २ सय मुद्धाको फैसला

    साउन १०,काठमाडौं : सोलुखुम्बु जिल्ला अदालतले एक आर्थिक वर्षमा कुल मुद्धाको ७७.२२ प्रतिशत मुद्धा फर्छ्यौट गरेको छ। अदालतले आर्थिक वर्ष २०७९/८० मा नयाँ र पुराना गरी २५९ वटा मुद्धामध्ये २०० वटा अर्थात ७७.२२ प्रतिशत फैसला गरेको हो । 

    अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९३ वटा र ०७९/८० मा दर्ता भएका नयाँ मुद्धा १६६ वटा गरी कुल २५९ वटा मुद्धा रहेको थियो। अदालतले गत आर्थिक वर्षमा १६७ वटा मुद्धा फर्छ्यौको लक्ष्य लिएकोमा ११९ प्रतिशत बढी अर्थात २०० वटा मुद्धा फैसला गर्न सफल भएको श्रेष्तेदार नगेन्द्र कुमार कालाखेतीले जानकारी दिनु भयो। 

    ५९ वटा मुद्धा भने जिम्मेवारी सरेर चालु आर्थिक वर्ष २०८०/८१ मा आएको उहाँको भनाई छ। गत आर्थिक वर्षमा देवानी मुद्धा १२५ रहेकोमा ६८ प्रतिशत फैसला भएको छ भने जबरजस्ती करणी ४७ थान रहेकोमा १८ प्रतिशत फैसला भएको श्रेष्तेदार कालाखेतीले बताउनु भयो।  यस्तै सरकारबादी फौजदारी ११० थान मुद्धा रहेकोमा ४२ प्रतिशत र थुनुवा मुद्धा ४ थान बाँकी रहेको जनाइएको छ।  

    विगतमा वर्षौंदेखिको पुराना मुद्धाहरु जिम्मेवारी सरेर आउने गरेकोमा यस आर्थिक वर्षमा २ वर्षभन्दा बढी समयको कुनै पनि मुद्धा नरहेको अदालतले जनाएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ