काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २ कम्पनीको शेयर मूल्य समायोजन भएको छ। नेप्सेमा मूल्य समायोजन हुनेमा अरुण भ्याली हाइड्रोपावर र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रहेका छन्।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १६ प्रतिशत बोनस तथा अरुण भ्यालीको १०० प्रतिशत हकप्रद शेयरपछिको शेयर मूल्य समायोजन भएको हो।
आइतबार अरुण भ्यालीको अन्तिम कारोबार २८० रुपैयाँ २० पैसाको आधारमा मूल्य समायोजन पछि कम्पनीको शेयर मूल्य १९० रुपैयाँ १० पैसा कायम भएको छ।
त्यस्तै,आइतबार रिलायबल नेपालको अन्तिम कारोबार मूल्य ५ सय ७७ रुपैयाँ ५० पैसाको आधारमा मूल्य समायोजन पछि कम्पनीको शेयर मूल्य ४९७ रुपैयाँ ८४ पैसा कायम भएको छ।



