२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

निक्षेप तथा कर्जा सुरक्षण कोष र श्रृजनशील लघुवित्तबीच सम्झौता

images

  • २०८० माघ १५, सोमबार
  • 866
    SHARES
  • निक्षेप तथा कर्जा सुरक्षण कोष र श्रृजनशील लघुवित्तबीच सम्झौता

    काठमाडौँ : निक्षेप तथा कर्जा सुरक्षण कोष र श्रृजनशील लघुवित्त वित्तीय संस्था लि. बिच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। सम्झौता पत्रमा कोषको तर्फबाट जनकपुर शाखा कार्यालयको निमित्त प्रमुख कृष्ण बराल र श्रृजनशील लघुवित्त वित्तीय संस्था लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो।

    यस सम्झौता पत्रमा हस्ताक्षर भएसँगै श्रृजनशील लघुवित्त वित्तीय संस्था लि. ले प्रवाह गरेको बिना धितो व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गरेको प्रति व्यक्ति रु १० लाखसम्म, धितो जमानीमा लगानी गरेको प्रति व्यक्ति रु २० लाखसम्म, वैदेशिक रोजगारबाट सीपमूलक तालिम लिई फर्केका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक जमानी वा परियोजना धितो अन्तर्गत लगानी गरेको प्रति व्यक्ति रु. १० लाखसम्म, भूकम्प पीडितको निजी आवास निर्माण कर्जामा प्रतिव्यक्ति ३ लाख रुपैयाँसम्म, सक्रिय खेल जीवनबाट निवृत्त खेलाडीलाई व्यवसाय सञ्चालन गर्न प्रदान गरेको कर्जामा प्रतिव्यक्ति १० लाखसम्म सुरक्षण गर्नेछ ।

    साथै,सशस्त्र द्वन्द्वबाट प्रभावित व्यक्तिको लागि प्रदान गरेको स्वरोजगार कर्जामा प्रतिव्यक्ति वा परिवार १० लाख रुपैयाँसम्म र कोषको पूर्व सहमति लिई महिलाद्वारा सञ्चालित लघु उद्यम परियोजना अन्तर्गत परियोजना धितो राखी वा व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गरेको रु १५ लाखसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ।

    यस प्रकार सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क वार्षिक ०.८ प्रतिशत रहेकोमा ५० प्रतिशत नेपाल सरकारले अनुदान बापत व्यहोर्ने र बाँकी ५० प्रतिशत श्रृजनशील लघुवित्त वित्तीय संस्था लि.ले कोषमा बुझाउनेछ। कोषमा सुरक्षित कर्जा लिने ऋणीको मृत्यु भएमा वा प्राकृतिक प्रकोपबाट परियोजना नष्ट भएमा वा अन्य विभिन्न कारणबाट कर्जा असुली हुन नसकेमा संस्थाले दाबी गर्न सक्ने र उक्त दाबीमा कोषले ७५ प्रतिशत भुक्तानी गर्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ