साउन १३, काठमाडौं : दाङको घोराही सडक खण्डको चौपट्टा नजिक शनिवार दिउँसो ट्रक दुर्घटना हुँदा २ जना घाइते भएका छन्। शनिवार दिउँसो १२ बजेतिर ना ४ ख ८४८७ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार २ यात्रु घाइते भएका हुन्। घाइते हुनेहरूमा लमही नगरपालिका २ बस्ने रबिना चौधरी र करुणा चौधरी रहेको प्रहरीले जानकारी दिनु भयो।
उकालोमा टायर पन्चर भएर रोक्ने क्रममा ब्रेक फेल हुदा ट्रक सडकबाट खोलामा खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिनु भयो। दुर्घटनामा ट्रकका चालक र सहचालक हामफालेका थिए भने ट्रकमा सवार किशोरीहरु घाइते भएको प्रहरीले जानकारी दिनु भयो। घाइते दुवैजना किशोरीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।



