काठमाडौँ : स्वरोजगार लघुवित्तले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ। कम्पनीको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले कुल ७.३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
कम्पनीले हालको चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो। हाल कम्पनीको चुक्ता पुँजी ६२ करोड ७२ लाख रुपैयाँ रहेको छ।
कम्पनीले साधारण सभा र बोनस प्रयोजनका लागि बुक क्लोज मिति भने तय गरेको छैन। कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैङ्कले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ।



