२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
सेयर बाँडफाँट

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट

images

  • २०८० माघ १७, बुधबार
  • 1.4K
    SHARES
  • सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट

    काठमाडौँ :आज बुधवार सर्वोत्तम सिमेन्ट लिमिटेडले आइपिओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज बिहान श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई निष्कासन गरेको शेयर बाँडफाँड गरेको हो।

    क्यापिटलका अनुसार आईपीओमा कुल ३३ हजार ८ सय २४ जनाको आवेदन परेको थियो जस मध्ये  कुल ३३ हजार ८ सय १० जना मात्र शेयर पाउन योग्य रहेका छन् भने १४ जनाको आवेदन रद्द भएको छ। माग भन्दा बढीको आवेदन परेपछि क्यापिटलले गोलाप्रदबाट मार्फत शेयर बाँडफाँड गरिएको छ। क्यापिटलका  अनुसार ५ हजार ३ सय ४० जनाले ५० कित्ताको दरले शेयर पाएका छन् भने बाँकी आवेदकको  हात खाली भएको छ। 

    कम्पनीले उद्योग प्रभावित स्थानीयलाई ९ लाख ३० हजार कित्ता र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई २ लाख ६७ हजार कित्ता शेयर निष्कासन गर्ने भएको हो। कम्पनीले उद्योग प्रभावित क्षेत्र नवरपारासी जिल्लाको सुनवल नगरपालिका वडा नं ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनदेवी छहरा गाउँपालिका वडा नं १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नं २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं १, २ र ३, माथा गढी गाउँपालिकाको वडा नं ७ र ८ र निस्दी गाउँपालिकाको वडा नं ७ मा बसोबास गर्ने स्थानीय बासिन्दाहरूका लागि ९ लाख ३० हजार कित्ता निष्कासन गर्न लागेको हो।

    त्यसै गरी, कम्पनीले २ लाख ६७ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो। सर्वसाधारणलाई कम्पनीको आइपिओ मूल्य प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसा पर्ने भएको छ। बुक बिल्डिङ पद्धतिमार्फत सर्वसाधारणलाई पहिलो पटक खुल्न लागेको यो आईपीओमा कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्छ।

    अरू कम्पनीको प्राथमिक सेयरमा १० कित्ता आवेदन दिन सकिने भएता पनि कम्पनीको आईपीओमा भने ५० कित्ताभन्दा कम आवेदन दिन पाइने छैन। अब उक्त आइपिओ प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले ५० कित्ताका लागि आवेदन दिन १८ हजार ४५ रुपैयाँ जोहो गर्नु पर्ने हुन्छ।

    सुरुवाती समयमा बुक बिल्डिङ विधिमा योग्य संस्थागत लगानीकर्ताले बोलकबोलमार्फत सेयर पाएको भएता पनि त्यसपछिको प्रक्रिया भने नियमित सेयर निष्कासन झैँ नै हुने छ। अब कम्पनीले सबैभन्दा पहिला स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई सेयर निष्कासन गर्ने छ। त्यसपछि मात्र कम्पनीले सर्वसाधारणलाई आइपिओ निष्कासन गर्नेछ।  यसमा बिक्री प्रबन्धकको काम भने ग्लोबल आइएमई क्यापिटलले गरेको छ।

    बुक बिल्डिङ निर्देशिका अनुसार संस्थालाई ‘कटअफ’ मूल्य निर्धारण भइसकेपछि सोको १० प्रतिशत मूल्य घटाएर मात्रै सर्वसाधारणलाई सेयर जारी हुन्छ। कटअफ मूल्य ४०१ रुपैयाँ हुँदा त्यसको १० प्रतिशत अर्थात् प्रतिकित्ता ४० रुपैयाँ १० पैसा कममा सर्वसाधारणलाई जारी गरिनुपर्ने व्यवस्था छ। यसअनुरूप सर्वसाधारणलाई ३६० रुपैयाँ ९० पैसा पर्ने भएको हो ।

    सर्वोत्तमले जारी पुँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९ प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता सेयर जारी गर्न लागेको हो। जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयर पहिले योग्य संस्थागत लगानीकर्तालाई प्रदान हुनेछ भने बाँकी ६० प्रतिशत अर्थात् ३६ लाख कित्ता सेयर सर्वसाधारणलाई जारी हुनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ