साउन १७,काठमाडौं :नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी पुनःनिर्माणको सम्भावनासँगै विघटनको खतरा पनि रहेको बताउनु भएको छ ।
बुधबार काठमाडौंमा सुरु पार्टीको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै प्रचण्डले यस्तो बताउनु भएको हो । पार्टी पुनर्निमाणको सम्भावना जति छ, पार्टी विघटन हुने खतरा पनि उत्तिकै रहेको उहाँको भनाई छ ।
श्रमजीविभन्दा सभ्रान्त वर्ग खोज्दै हिँड्ने नकारात्मक प्रवृत्ति पार्टीभित्र बढेको उहाँले बताउनु भयो । माओवादीको केन्द्रीय समिति बैठक आगामी साउन २१ गतेसम्म चल्नेछ । बैठकमा संगठनात्मक र राजनीतिक प्रतिवेदनमाथि छलफल र बहस हुनेछ ।



