साउन १७,काठमाडौं :पूर्व अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले क्वीन्टल सुन प्रकरणमा सरकारले थालेको अनुसन्धान प्रक्रियालाई एमालेले सघाउनुपर्ने बताउृनु भएको छ।
बुधबार केन्द्रीय समिति बैठकमा भाग लिन प्रज्ञाभवन कमलादीमा पुगेका उहाँले सञ्चारकर्मीसँग कुराकानी गर्दै भइरहेको अनुसन्धान कार्यमा सहयोग गर्न आग्रह गर्नु भएको हो ।
सुन प्रकरणमा उच्चस्तरीय समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्ष दल एमालेले संसद अवरोध गरेपछि प्रतिनिधिसभा बैठक साउन २२ सम्मका लागि स्थागित भएको छ ।
‘सुन प्रकरणलाई लिएर एमालेले संसद अवरोध गर्न आवश्यक छैन । यस विषयमा सरकारकै निकाय केन्द्रीय अनुसन्धान विभागले अनुसन्धान अगाडि बढाएको छ’, उहाँले भन्नु भयो,, ‘उसले अनुसन्धान गरिसकेपछि चित्त बुझेन भने उच्चस्तरीय छानविनको माग राख्दा उचित होला ।
अहिले नै अनुसन्धान कार्यलाई प्रभावित पार्ने हिसाबले संसद अवरोध गर्नु उचित छैन । त्यस्तै उहाँले केन्द्रीय समिति बैठकबाट माओवादी आफ्नै खुट्टामा उभिने दाबी गर्नु भयो ।



