२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

राजीनामा दिएका घोराहीका वडाध्यक्ष एक महिनापछि काममा फर्किए

images

  • २०८० साउन १८, बिहीबार
  • 1.3K
    SHARES
  • राजीनामा दिएका घोराहीका वडाध्यक्ष एक महिनापछि काममा फर्किए

     साउन१८,काठमाडौं :बजेटको बिषयमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका घोराही उपमहानगरपालिका-८ का वडाध्यक्ष जितेन्द्र शाह पुनः काममा फर्किनु भएको छ । 

    गत असार १२ गते घोराहीका मेयर नरुलाल चौधरीलाई राजीनामा पत्र बुझाएका वडाध्यक्ष शाह एक महिना पछि पुनः काममा फर्किनु भएको हो ।  उहाँले सामाजिक सञ्जालमा तस्वीर राख्दै आफू काममा फर्किएकोबारे जानकारी गराउनु भयो । 

    एमालेबाट निर्वाचित शाहले आफ्नो वडामा परेको बजेटप्रति मेयरसँग असन्तुष्टि ब्यक्त गर्दै  आउनु भएको थियो ।र । आफ्नै पार्टीबाट निर्वाचित मेयरले आफूले मागेका योजनामा बजेट नदिएको भन्दै उहाँले असार १२ गतेको नगरसभाका क्रममा राजीनामा बुझाउनु भएको थियो ।

     राजीनामा पत्रमा उहाँले वडावासीको चाहना अनुसार काम गर्न नसकेकाले आत्मग्लानि भएको उल्लेख गर्नुभएको थियो । मेयर चौधरीले भने वडाध्यक्ष शाहको राजीनामा स्वीकृत  गर्नु भएको थिएन । मेयर चौधरीले उहाँलाई पटक–पटक काममा फर्कन आग्रह गर्दै  आउनु भएको थियो ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ