२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

images

  • २०८० साउन १८, बिहीबार
  • 1.1K
    SHARES
  • एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

     साउन १८,काठमाडौं :सुन तस्करलाई कारबाहीको माग गर्दै नेकपा एमालेले राष्ट्रिय सभाको बैठक आज पनि अवरुद्ध गरेको छ।  एमालेको अवरोधका कारण बैठक साउन २२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

    बैठकको सुरुमै नेकपा एमालेका सदस्य भैरवसुन्दर श्रेष्ठले सुन तस्करी प्रकरणमा नाम मुछिएका जोसुकैलाई पनि कारबाही गर्ने सुनिश्चित सरकारले नगरेसम्म बैठक चल्न नदिनेबताउनु भयो ।

     त्यसलगत्तै राष्ट्रिय सभामा एमालेका सदस्यहरु आ–आफ्नो स्थानबाट उठेर बैठक अवरुद्ध गरेका थिए ।
    त्यसपछि अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले आगामी २२ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी आजको बैठक स्थगित भएको घोषणा गर्नु  भयो । 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ