साउन१८, काठमाडौं : राजधानीको बिजुली बजारमा सहकारी पीडितको आन्दोलनका क्रममा झडप भएको छ। माइतीघरमा भेला भएका सहकारी पीडित बानेश्वरतर्फ अघि बढ्दै गर्दा झडप भएको हो।
प्रहरीले प्रदर्शनकारीलाई रोकेपछि धकेलाधकेल र झडपको अवस्था सिर्जना भएको छ। उनीहरुले सहकारीमा आफूहरुले राखेको वचत फिर्ता गराउन सरकारले पहल गर्नु पर्ने माग गर्दै प्रदर्शन गरेका हुन्।



