साउन १८,काठमाडौं :साउदी अरेबिया अलपत्र परेका २७ जना नेपालीलाई खाद्यान्न सहयोग गरिएको छ। साउदीस्थित झापाली समाजका अध्यक्ष राजेन्द्र थापाले उनीहरूलाई खाद्यान्न सहयोग गर्नु भएको हो ।
नेपालमा रहेको एसअलडी मेनपावरबाट ४५ दिनअघि साउदीको केफसी कम्पनी गएका उनीहरू अलपत्र रहेका छन्। दूतावासले सम्बन्धित मेनपावर र कम्पनीसँग समन्वय गरी आवश्यक प्रक्रिया अगाडि बढाएको छ।



