२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

विश्व बैंकबाट २० मिलियन डलर अनुदान पाउन वार्ता टोली गठन

images

  • २०८० साउन १८, बिहीबार
  • 1.3K
    SHARES
  • विश्व बैंकबाट २० मिलियन डलर अनुदान पाउन वार्ता टोली गठन

     साउन १८,काठमाडौं :सरकारले विश्व बैंकबाट २० मिलियन अमेरिकी डलर (दुई अर्ब ६२ करोड रुपैयाँ) बराबरको अनुदान सहायता प्राप्त गर्नेसम्बन्धी दस्ताबेजलाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । 

    गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले खाद्य तथा पोषण सुधार कार्यक्रमका लागि अनुदान सहायता रकम प्राप्तिका लागि प्रक्रिया थाल्ने भएको हो । 


    बैठकले दिगो भू–व्यवस्थापन मार्फत लखनदेही नदी बेसिनका जलाधारहरूको पुनर्उत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधाबाट प्राप्त हुने करिब २० करोड २२ लाख रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने पनि निर्णय छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ