२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मनमोहन कार्डियोका प्रशासन अधिकृतसहित ४ जनाविरुद्ध दुरुत्साहन मुद्दा दर्ता

images

  • २०८० साउन १९, शुक्रबार
  • 1.2K
    SHARES
  • मनमोहन कार्डियोका प्रशासन अधिकृतसहित ४ जनाविरुद्ध दुरुत्साहन मुद्दा दर्ता

    साउन १९, काठमाडौं : आत्महत्या दुरुत्साहन आरोपमा महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी अधिकृत अमृत पोखरेल मृत्यु घटनामा चार जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ। 

    प्रहरी वृत्त महाराजगञ्जले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा चार जनाविरुद्ध मुद्दा दायर गरेको हो।

    आत्महत्या दुरुत्साहनको आरोपमा मनमोहन कार्डियोका प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इञ्चार्ज जुना स्थापित, फार्सेसी सहायक विष्णु पौडेल र कृष्ण पन्तविरुद्ध मुद्दा दायर गरिएको हो। अहिले मुद्दा दायर भएको चारै जनालाई प्रहरी वृत्त महाराजगञ्जले गत असार २९ गते पक्राउ गरेर अनुसन्धान गरेको थियो। 

    उक्त अस्पतालमै फार्मेसी अधिकृत पोखरेल मृत भेटिएका थिए। अर्घाखाँचीको शीतगंगा नगरपालिका घर भएका पोखरेल कपडाको पास लगाई झुण्डिएको अवस्थामा मृत भेटिएका थिए। अनुसन्धानमा खटिएको प्रहरी टोलीले सुसाइड नोट समेत फेला पारेको थियो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ