काठमाडौँ : सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को उपाध्यक्षमा नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले विक्रम राईलाई निगमको उपाध्यक्षमा नियुक्त गरेको हो। (नेपाल एयरलाइन्स) विक्रम राईलाई
विक्रम राई हाल निगमको सञ्चालक समिति सदस्य थिए। नवनियुक्त उपाध्यक्ष विक्रम राई पर्यटन व्यवसायी हुन्। उनलाई उपाध्यक्ष नियुक्त गर्न पर्यटन मन्त्री सुदन किराँतीले मन्त्रिपरिषद् समक्ष प्रस्ताव लगेका थिए।



