साउन १९,काठमाडौं : झापा जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप भएको छ। कैदीको सरुवाको विषयमा झापा कारागार भित्र झडप भएको हो।
झडपकै क्रममा कारागार भित्र आगलागी पनि भएको छ। कैदीबन्दीले नै आगो लगाएको प्रहरी स्रोतको दाबी छ।
आगो नियन्त्रणमा लिनका लागि दकमलसहित नेपाल प्रहरी सशस्त्र प्रहरीको टोली खटिएको घटनास्थलमा रहेका एक सुरक्षाकर्मीले बताए । कैदीबन्दीको सरुवाको विषयमा विवाद बढेपछि झडप भएको हो।



