२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

वर्षाका कारण कैलालीमा ४६३ परिवार प्रभावित

images

  • २०८० साउन २३, मंगलबार
  • 601
    SHARES
  • वर्षाका कारण कैलालीमा ४६३ परिवार प्रभावित

    साउन २३,काठमाडौं :कैलालीमा ४६३ परिवार लगातारको वर्षाका कारण बस्ती डुवानमा परेपछि प्रभावित भएका छन्। बस्ती तथा घरमा बाढी पसेपछि प्रभावितहरुलाई अन्यत्र, सुरक्षित स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ। 

    कैलालीको धनगढी उपमहानगरपालिका, भजनी, जोशीपुर, गोदावरी नगरपालिका, कैलारी तथा चुरे गाउँपालिकाका विभिन्न क्षेत्र डुवानमा परेका छन्। 

    जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १५ का १४ घरपरिवार, भजनी नगरपालिकाका ७७ घरपरिवार, जोशीपुर गाउँपालिकाका५६ र कैलारी गाउँपालिकाका १५० घरधुरी प्रभावित भएका छन्। यस्तै, भने गोदावरी नगरपालिकाका एक पसलमा क्षति पुगेको छ।

    गोदावरी नगरपालिका–४ बुढीतोला र चुरे गाउँपालिका–गोपालेमा गएको पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। पहिरोका कारण भीमदत्त राजमार्ग विभिन्न ठाउँमा भास्सिएको छ। सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ।  

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ